तनहुँको आँबुखैरेनी नजिकै यात्रुबस खस्यो
काठमाडौं । मुग्लिङ-पोखरा सडकखण्डको ऐना पहराबाट यात्रुबस खसेको छ । दुर्घटनामा २ जना यात्रु गम्भीर घाइते भएका छन् ।
अन्य तीनजना सामान्य घाइते छन् । गोरखाबाट चितवनको नारायणगढ गइरहेको ग२ख१०७७ नम्बरको बस अनियन्त्रि भएर सडकबाट कम्तीमा पनि ५० मिटर तल खसेको छ ।
बसको अगाडिको भाग दबिएकाले त्यहाँ थप यात्रु अड्किएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उक्त बस निकाल्न प्रहरीले क्रेन झिकाएको छ। क्रेनले बस तानेपछि कति यात्रु बसभित्र थिए भन्ने खुल्ने प्रहरी बिट आँबुखैरेनीले उल्लेख गरेको छ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

.gif)