sevenstartv.com ११ असार २०८३, बिहिवार

बागमतीका मुख्यमन्त्री लामाले राजीनामा दिन राखे दुई शर्त

१७ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं ।  बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा दिनुहुने भएको छ । 

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवासँग तीन बुँदे सहमतिपछि  मुख्यमन्त्री लामा पदबाट राजीनामा दिन तयार हुनुभएको हो । सभापति देउवाको निवास बुढानीलकण्ठमा शनिबार भएको भेटवार्तापछि  मुख्यमन्त्री लामा राजीनामा दिन तयार भएको छलफलमा सहभागी सांसद रामकृष्ण चित्रकारले जानकारी दिनुभएको छ । 

संसदीय दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपछि पनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिँदै आउनुभएको थियो । सभापति देउवासँगको छफलमा लामा आफूले नियुक्त गरेको तीन मन्त्रीलाई शपथ गराउने र संसदीय दललाई एकताबद्ध बनाएर अघि बढाउने शर्तमा राजीनामा दिन सहमत हुनुभएको हो । 

दलको नेतामा पराजित भएपछि पनि मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गर्नुभएको छ । तर, उहाँहरूले अहिलेसम्म शपथ भएको छैन। यो सहमतिपछि अब बन्ने बानियाँ नेतृत्वको सरकारमा उहाँहरूको सहभागिता निश्चित भएको छ ।