sevenstartv.com ११ असार २०८३, बिहिवार

माओवादीमा अध्यक्ष दाहाल र उपमहासचिव शर्माबीचको अन्तरसंघर्षबारे गम्भीर फलफल

१७ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सहभागी नेताहरुले पार्टी एकतामा जोड  दिएका छन् । 

माओवादीमा पछिल्लो समय नेतृत्वको विषयलाई दिएर अध्यक्ष पुष्कमल दाहाल र उपमहासचिव जनार्दन शर्मा समूहबीच अन्तरसंघर्ष चर्किएको  छ । उपमहासचिव शर्माले अध्ययक्ष दाहालको कार्यशैलीलाई लिएर नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशन माग गर्दै आउनुभएको छ । माओवादीमा त्यही कारण विवाद उत्पन्न भएको छ । 

पार्टीभित्र अध्यक्ष दाहाल र उपमहासचिव शर्माले गुटबन्दी गर्दै शक्ति संचय गर्नतिर लागेपछि स्थायी कमिटी बैठकमा त्यसबारे गम्भीर रुपमा छलफल भएको छ । अर्का उपमहासचिव वर्षमान पुनसहितका नेताहरु अध्यक्ष दाहाल र उपमहासचिव शर्माबीच बढ्दै गएको द्वन्द अन्त्य गरेर एकता कायम राख्नुपर्नेमा जोड दिनुभएको छ । उपमहासचिव पुनले बैठकपछि पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विचार माओवादीभित्रको विवाद अन्त्य गर्दै अन्य वामपन्ची शक्तिहरुबीच एकता गर्नेबारे समेत छलफल भइरहेको बताउनुभएको छ । एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग एकता भइरहेको पूर्वमन्त्री पुनको दाबी छ । 

बैठकमा शनिबारसम्म १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका छन् । बैठक आइतबार बिहान ११ बजेदेखि पुन बस्ने भएको छ ।