राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता, समसामयिक विषयमा छलफल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शनिबार शीतल निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा उहाँहरुबीच राजनीतिक अवस्था र मुलुकको समसामयिक विषयमा छलफल भएको शीतल निवासले जनाएको छ ।
शीतल निवासका अनुसार भेटवार्तामा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणबारे समेत जानकारी गराउनुभएकोे छ ।
