sevenstartv.com ११ असार २०८३, बिहिवार

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको समस्या समाधानका लागि विधान संशोधन गर्दै

समाज कल्याण परिषदमा आबद्ध भएर काम गर्ने

१७ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने भएको छ । 

सो समितिका तर्फबाट शुक्रबार जारी गरेको विज्ञप्तिका अनुसार यस कार्यमा सहयोग गर्न आग्रह गरेको हो । समाज कल्याण परिषदमा आबद्ध भएर समितिले काम गर्ने बताएको छ । 

सरकारले हालै समिति गठन गरेको थियो । समितिले सरकाले दिएको नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान संशोधन र संशोधित विधान बमोजिम केन्द्रीय महाधिवेशन गर्ने मुख्य कार्यभार पूरागर्ने कार्यमा आवश्यक सद्भाव, सहयोग, समन्वय र सहकार्यका लागि आग्रह गरेको छ ।