sevenstartv.com ११ असार २०८३, बिहिवार

ओवादी केन्द्रको स्थायी समिति बैठकमा नेताहरूले अध्यक्ष प्रचण्डको प्रस्तावमाथि धारणा राख्ने

प्रत्येक सदस्यलाई १०-१५ मिनेटको समय निर्धारण

१७ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठकमा आजदेखि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि आ आफ्नो धारणा राख्नेछन् । आज बिहान ११ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु हुनेछ । 

एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार छलफल र बहसको आधारमा समय लम्बिन पनि सक्नेछ । 

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोध सार्वजनिक रूपमै छताछुल्ल भएको छ । अन्तरविरोधबिच शुक्रबारबाट सुरु भएको स्थायी समिति बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।