sevenstartv.com ११ असार २०८३, बिहिवार

माओवादीकाे स्थगित जागरण अभियान भदौ १५ गतेबाट सुरु हुने

१६ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट सुरु हुने भएको छ ।

शुक्रबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले भदौ मसान्तसम्म अभियान सम्पन्न गर्नेबारे अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको जनाइएको छ । 

यस्तै केन्द्रीय समिति बैठक कात्तिकतिर मात्र बस्ने उनले बताए । आजको बैठकमा अध्यक्ष प्रचण्डले एजेन्डा पेस गर्दै समसामयिक विषयमा डेढ घण्टा धारणा राखेका थिए ।