माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखी सुरु हुने भएको छ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो १ बजे शुरु हुने छ ।
चार दिन चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्ने, मध्य पहाडी जागरण अभियानलाई निरन्तरता दिनेबारे छलफल, नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकताका विषयका साथै केन्द्रीय समितिको मिति तय गर्नेलगायतका एजेण्डा तय गरिएको छ । यस्तै पार्टीभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको विषयमा उपमहासचिव जनार्दन शर्माले अन्तरसंघर्ष चलाइरहेको अवस्थामा यसबारे समेत बैठकमा छलफल हुनेछ ।
साउन १४ गते बसेको पदाधिकारी बैठकमा शर्मा लगायत पार्टीको नेतृत्वमाथि प्रश्न उठाउनेहरूमाथि कारबाही गर्नुपर्ने विषय समेत उठेको थियो । शर्मा, सुदन किरातीलगायत नेताले पार्टीलाई वैचारिक रूपमा सबल बनाउँदै युवा पुस्तामा नेतृत्व ल्याउनुपर्ने बताउँदै आएका छन् ।
