sevenstartv.com ११ असार २०८३, बिहिवार

नेपाल तरुण दल जुम्लाको अध्यक्षमा हेमबहादुर बुडथापा सर्वसम्मत चयन

१५ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल तरुण दलको जुम्ला जिल्ला कार्यसमितिको अध्यक्षमा हेमबहादुर बुडथापा सर्वसम्मत चयन भएका छन् । बिहीबार सम्पन्न जिल्ला अधिवेशनबाट बुडथापाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । 

समितिको उपाध्यक्षमा रतनबहादुर शाही र माधवराज शर्मा, सचिवमा कृष्णप्रसाद उपाध्याय, सहसचिवमा कमलप्रसाद बोहोरा र कोषाध्यक्षमा डिल्लीप्रसाद उपाध्याय चयन भएका कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् । 

उपाध्याय तरुण दल महाधिवेशन निर्देशन समितिकी संयोजक हुन् ।

tarun