sevenstartv.com ११ असार २०८३, बिहिवार

कांग्रेस र एमालेबीचको सहमतिले राजनीतिक स्थायित्व बढाएकाे उपप्रधानमन्त्री सिंहकाे भनाई

१५ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेस र एमालेबिच भएको सहमतिकाकारण मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सिंहले दुई दलबिच भएको सात बुँदे सहमतिका कारण ६-६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको र मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको बताएका हुन् । उनले आफूहरू सत्तामा जान र मन्त्री वा प्रधानमन्त्री हुन मात्रै सातबुँदे सहमति नभएको स्पष्ट पारे । 

कांग्रेस नेता समेत रहेका सिंहले पार्टीलाई विधि विधान अनुसार नै संस्थागत गरेर अघि बढाउनुपर्नेमा जोड दिए । उनले कांग्रेसलाई विभिन्न चुनौती सामना गर्न सक्ने गरी पार्टीको नेतृत्व गर्ने चाहना रहेको समेत बताए ।