sevenstartv.com ११ असार २०८३, बिहिवार

सिसुवाखोला पुल उद्घाटन गर्न सिंचाइमन्त्री खड्का संखुवासभामा

१५ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का बिहीबार संखुवासभा पुग्नुभएको छ । 

सिंचाइमन्त्री खड्का सिलिचोङ गाउँपालिका–१ र २ लाई जोड्ने सिसुवाखोला मोटरेबल पुल गर्न गृहजिल्ला पुग्नुभएको हो । नेपाली कांग्रेसबाट राजनीतिसँगै विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय हुँदै आउनुभएका मन्त्री खड्का संखुवासभामा दूरदर्शी र विकासप्रेमी नेताको रुपमा चिनिदै आउनुभएको छ ।  

उहाँलाई जिल्लावासीले त्यही कारण उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा निम्त्याएका हुन् । सिसुवाखोला पुल निर्माण योजना पार्न पनि उहाँकै भूमिका रहेको संखुवासभावासीले जनाएका छन् ।