sevenstartv.com ११ असार २०८३, बिहिवार

कालीगण्डकी सडक अवरुद्ध

१५ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । पहिरोले कालीगण्डकी सडक अवरुद्ध भएको छ ।

कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो खसेपछि बिहीबार बिहान उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको हो । 

सडक खुलाउन प्रहरी चौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका प्रहरीले जनाएको छ ।  पहिरो पन्छाउने प्रयास जारी छ।