sevenstartv.com ११ असार २०८३, बिहिवार

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनकाे तयारीमा एमाले

१५ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमाले रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन तयारीमा जुटेको छ ।

निर्वाचन आयोगले आगामी कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचनको तयारीका लागि एक महिलासहित तीन उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई महासचिव शङ्कर पोखरेलले पत्र पठाएका छन् ।

महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ ।  पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ ।

अनुसार बुधबार दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ दिन भित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन गरिएको छ । २०७९ साल मङ्सिर ४ गते भएको निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित राप्रपा सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।