sevenstartv.com ११ असार २०८३, बिहिवार

पाँच संसदीय समितिकाे बैठक बस्दै

१५ साउन २०८२, बिहिवार स्टार संवाददाता

 काठमाडौं । संघीय संसदका विभिन्न पाँच संसदीय समितिकाे बैठक आज बस्ने भएको छ । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११३० मा बस्ने छ ।  बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुने कार्यसूची छ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञसँग छलफल हुनेछ ।

कानुन, न्याय तथा मानवअधिकार समिति तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे बस्दैछ । मानवअधिकार समितिमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको मस्यौदा र नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा समेत छलफल हुने कार्यसूची छ ।

विधान व्यवस्थापन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । सुशासन समितिको बैठक बिहान ११ ३० मा बस्ने छ ।  बैठकमा मधेस प्रदेशलगायत देशभरका विभिन्न क्षेत्रमा देखिएका खानेपानी समस्याको समाधानका लागि मन्त्रालयबाट भएका कामकारबाहीबारे छलफल हुँदैछ ।

दिउँसो १ः०० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफलको गर्ने कार्यक्रम छ । बिहान ११ः०० बजे बस्ने राष्ट्रिय सरोकार समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुँदैछ । उक्त बैठकमा उक्त मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा छलफल हुनेछ ।