sevenstartv.com ११ असार २०८३, बिहिवार

प्रधानमन्त्री ओली र सभापति देउवाबीच आज बैठक

१५ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । संघीय सरकारका मन्त्री हेरफेरबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता हुने भएको छ । 

प्रधानमन्त्री ओलीले सरकारले एक वर्ष समय गुजारेपछि मन्त्रिपरिषदमा उल्लेख्य फेरबदलको तयारी गरेका छन् । यसअघि नै मन्त्री फेर्न चाहे पनि कांग्रेसले नमान्दा सम्भव हुन सकिरहेको थिएन । कमजोर कार्यसम्पादन भएका मन्त्रीबारे यसअघि नै ओलीले कांग्रेससँग एक चरण कुराकानी गरिसकेका छन् । तर, एमाले मन्त्रीको सेट नै फेर्ने मनशायमा रहँदा कांग्रेसले भने सबै मन्त्री फेर्ने पक्षमा छैन ।

पछिल्लो समय कांग्रेस गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र एमाले अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ बाहेकका मन्त्री फेर्न तयार भएको स्रोतले बताएको छ । छोटो समय मात्र भएकाले शिक्षामन्त्री रघुजी पन्त र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको मन्त्री पद पनि यथावत् रहनेछ ।