कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा ईन्द्र बहादुर बानियाँ निर्वाचित भएका छन् ।
बुधबार हेटौँडास्थित कांग्रेस प्रदेश संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा उनले बहादुर सिंह लामालाई पराजित गर्दै दलको नेता चयन भएका हुन् । बानियाँले २२ मत पाए भने लामाले १४ मत पाए ।
निर्वाचनमा ३७ सांसदले मतदानमा भाग लिएका हुन् । एक मत बदर भएको छ । लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि रिक्त पदमा बुधबार निर्वाचन भएको हो । जसमा लामाले फेरि उम्मेदवारी दिएका हुन् ।
