sevenstartv.com ११ असार २०८३, बिहिवार

'नेपाल २०८३ मा अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नति हुन्छ'

१४ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल २०८३ मंसिरसम्म अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नति हुने बताएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा उनले यस्तो बताएका हुन् । 

उनले अहिलेसम्म सन् २०१५,२०१८ र २०२१ मा गरी ३ पटक मूल्याङ्कन भएको भन्दै यी नै मूल्याङ्कनको आधारमा आगामी २०८३ साल मङ्सिरमा अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नति हुने बताए । 

प्रधानमन्त्री ओलीले स्तरोन्नतिको प्रक्रियामा नेपालले धेरै काम गरेकोमा राष्ट्रिय सभाको आर्थिक मामिला समितिको प्रशंसा गरे । अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नति हुनु स्थानान्तरण नभई रूपान्तरण भएको  समेत उनको भनाइ छ। उनले नेपाललाई विकसित मुलुकमा स्तरोन्नति हुन अरूले नभई सरकारको प्रयासमा काम भएको बताए ।