sevenstartv.com ११ असार २०८३, बिहिवार

भ्रष्टाचार र सरकार पर्यायवाची बनेकाे छ : सांसद शर्मा

१४ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद् जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची बनेको टिप्पणी गरेका छन् ।​

बुधबार राष्ट्रियसभाको बैठकमा उनले देशमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको टिप्पणी गरेका हुन् । उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने चेतावनी दिए ।

उनले भ्रष्टाचार रोक्न सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चाल्न तथा नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रक्रिया शुरु गर्न सरकारको ध्यानाकर्षण गराए ।