sevenstartv.com ११ असार २०८३, बिहिवार

वर्तमान गठबन्धन सरकारले राजनीतिक स्थायित्व ल्याएकाे परराष्ट्रमन्त्री देउवाकाे भनाई

१४ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान गठबन्धन सरकारले मुलुकमा राजनीतिक स्थायित्व ल्याएको र यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुगेको बताएकी छन् । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको गठबन्धनले देशलाई स्थायित्व दिएको बताएकी हुन् । 

देउवाले राजनीतिक स्थायित्वविना देशको समृद्धि र विकास सम्भव नहुने भन्दै अहिलेको सरकारले उत्कृष्ट भिजनका साथ काम गरिरहेको दाबी गरिन् । उनले जलवायु संकटका कारण हिमालहरू काला हुँदै गएको र देशले गम्भीर पर्यावरणीय चुनौती सामना गरिरहेकोमा गहिरो बताएकी छन् ।

पोखरामा बगैँचा होटल उद्घाटन गर्दै देउवाले भनिन्, 'पछिल्लो पटक मैले हिउँविनाको खैरो (ग्रे) माछापुच्छ्रे देखेँ । आफ्नो जीवनकालमा यस्तो कहिल्यै देखेको थिइनँ । अब आउने पुस्ताले हिउँले ढाकिएको हिमाल हेर्न नपाउने हो कि भन्ने डर लागेको छ ।'