sevenstartv.com ११ असार २०८३, बिहिवार

राष्ट्रियसभाको बैठक बस्दै

१४ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो सवा १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । 

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावसभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराइनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज बिहान १०:३० बजे बस्दैछ । सो समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।