sevenstartv.com ११ असार २०८३, बिहिवार

सभामुख घिमिरेले भेटे राष्ट्रपति पौडेललाई

९ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले  संसदमै फर्काएपछि सभामुख देवराज घिमिरेले चासो राखेका छन् ।

आज बिहान शीतल निवास पुगेर घिमिरेले राष्ट्रपति पौडेलसँग विधेयक फिर्ताबारे चासो राखेका हुन् । संशोधित विधेयक प्रथम दृष्टिमै संविधानको धारा २८४ को भावना र मर्म एवं विश्वव्यापि लोकतान्त्रिक अभ्यास र मान्यता प्रतिकूल हुने देखिएको साथै संवैधानिकतालाई सीमित र संकूचित बनाउने आशंकासहित राष्ट्रपति पौडेलले बिहीबार साँझ संघीय संसदमा फिर्ता पठाएका थिए ।

दुवै सदनबाट पारित भई सो संशोधन विधेयक प्रमाणीकरणका लागि असार ३१ मा राष्ट्रपतिसमक्ष पठाइएको थियो ।