sevenstartv.com १२ असार २०८३, शुक्रवार

पूर्वराष्ट्रपति भण्डारीले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

९ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आज पत्रकार सम्मेलन गर्ने भएकी छन् ।

दिउसो ३ बजे बबरमहल स्थित कार्की व्याङ्क्वेटमा उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन् । नेकपा एमालेले सदस्यता नवीकरण रोकेपछि भण्डारीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन् । 

भण्डारीले आफ्नो आगामी यात्राबारे पनि आज प्रस्ट पार्ने उनको सचिवालयले जनाएको छ । यसअघि उनले आफू राजनीतिमा आइसकेकोले पछि नहट्ने प्रतिक्रिया दिँदै आएकी थिइन् ।