बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । चितवनको रत्ननगरमा गएराति बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । कालिका नगरपालिका– २ बस्ने ३५ वर्षीय मुकुन्द कँडेलको मृत्यु भएको हो ।
रत्ननगर नगरपालिका-३ शान्ति चोकस्थित पूर्व पश्चिम राजमार्गमा बागमती प्रदेश २-०२-००१ च०५१० नम्बरको तरकारी बोकेको बोलेरोले बा प्र ०६-००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका कँडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा राति नै १ः१९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
जनकपुरबाट काठमाडौंतर्फ आँउदै गरेको बसलाई ओभरटेक गर्न खोज्दा बोलेरोले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि बलेरो बसमा ठोक्किएको थियो । प्रहरीका अनुसार बोलेरोका चालक कास्की लेखनाथ नगरपालिका-२७ बस्ने ३० वर्षीय हुमेश लामगा र बोलेरो साहु जिल्ला कास्की माछापुछ्रे गाउँपालिका–३ बस्ने ३४ वर्षीय ध्रुव राज पोखरेल सामान्य घाइते छन् ।

.gif)