प्रधानमन्त्री महोत्तरी जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जाने भएका छन् ।
प्रधानमन्त्री ओली मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्न महोत्तरी जान लागेका हुन् ।
महोत्तरीमै जनकपुर–कुुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम पनि छ । यसैगरी उनले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्नेछन् ।
