sevenstartv.com ६ मंसिर २०८२, शनिवार

फुटबल टोलीकी कप्तान साम्बा सम्मानित

९ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छन् । 

गृह पालिका मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा बिहीबार आयोजित सम्मान तथा मर्स्याङ्दी गाउँपालिका अण्डर–१९ फुटबल खेलाडीसँग अन्तरक्रियामा मस्र्याङ्दी गाउँपालिकाले साम्बालाई सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले दोसल्ला ओढाएर सम्मान गरे । 

साम्बा जस्तै खेलाडी उत्पादन गर्न र खेलकुद क्षेत्रलाई माथि उकास्न गाउँपालिका लागेको उनको भनाइ छ ।  पालिकामा सम्मानित हुन पाउँदा खुसी लागेको फुटबल खेलाडी भण्डारीले बताइन् ।  यस्ता सम्मानले अझै राम्रो र निरन्तर खेल्न प्रेरणा मिल्ने उनको भनाइ छ । गाउँपालिकाले भण्डारीको सम्मानमा मस्र्याङ्दी गाउँपालिका–९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरणसमेत गरिसकेको छ ।

भण्डारीले आगामी दुई सिजनका लागि न्यूजील्याण्डस्थित वेलिङटन फोनिक्ससँग सम्झौता गर्दै अस्टेलियामाको निन्जा ए लिग खेल्ने छन् । यसअघि उनी युरोपको फ्रेण्च क्लब एन अभेन्ट गुइनगाम्पमा आबद्ध भएकी थिइन्। 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्