कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले बिहान ९ बजेका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । बैठक देउवा निवास बुढानिलकण्ठमा बस्ने छ ।
बैठकमा केही मन्त्रीलाई पनि बोलाइएको जनाइएको छ ।
बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।
