sevenstartv.com २० वैशाख २०८३, आइतवार

गल्छी-रसुवागढी सडक अवरुद्ध

६ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी(रसुवागढी सडकमा यातायात सञ्चालन बन्द भएको छ ।

 प्रहरीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका-८ स्थित ठूलोखोला नजिक सडकमा खसेको ठूलो ढुङ्गासहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’को सडक पूर्णरूपमा बन्द भएको छ ।

देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली तथा रसुवागढी हुँदै केरुङ जानुपर्ने सवारीसाधन गल्छीबाट काठमाडौं नै पुगेर टोखा–छहरे सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

 गएराति खसेको पहिरोसँगैको ठूलो ढुङ्गा हटाउन ‘ब्रेकर’ लगाउनुपर्ने भएकाले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको गल्छी(रसुवागढी सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिए। । पहिरो पन्छाउन आज बिहानदेखि भारी उपकरणसहितको जनशक्ति परिचालन गरिएको छ ।
 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्