ठमेलबाट २ केजी सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं । काठमाडौंको ठमेलबाट दुई केजी सुन र नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित एक होटलबाट चीनको सियाचिन घर भएकी ३४ वर्षीय सुमेई चोउ र ४६ वर्षीय चुनलिन थानलाई पक्राउ गरेको हो । आरोपीहरूको साथबाट २ केजी सुन र २४ लाख नगद बरामद गरिएको छ ।
चुनलिन थान डेढ महिनाअघि काठमाडौंमा आएर ठमेलस्थित होटलमा बसेका थिए । चोउ चाहिँ केही दिनअघि मात्र काठमाडौं आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
उनीहरू दुई जना प्रेमी प्रेमिका हुन् । सोमबार राति पक्राउ परेका आरोपीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने प्रहरीको तयारी छ ।

.gif)