sevenstartv.com १२ असार २०८३, शुक्रवार

तीनवटा संसदीय समितिको बैठक बस्दै

६ साउन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्ने भएका छन् । 

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्षा सिंहदरबारमा बस्नेछ । बैठकमा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगसँग छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।