बुलेरोको ठक्करबाट युवकको मृत्यु
काठमाडौं । चितवनको खैरहनीमा बुलेरोको ठक्करबाट एक युवकको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका-११ का ३१ वर्षीय राम अवतारको मृत्यु भएको हो ।
सोमबार राति खैरहनी नगरपालिका-१ शाहीचोकमा ना३च ६६१० नम्बरको बुलेरोले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति नै मृत्यु भएको हो । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

.gif)