sevenstartv.com १२ असार २०८३, शुक्रवार

सप्तकोशी नदीमा एक जना बेपत्ता

५ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन् । 

भोक्रहा नरसिंह गाउँपालिका-१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएका हुन् ।

तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएको र दीपेश बेपत्ता भएको जनाइएकाे छ । बेपत्ता दिपेशको सशस्त्र प्रहरीले खोजी गरिरहेका छन् ।