sevenstartv.com १२ असार २०८३, शुक्रवार

प्रधानमन्त्री ओलीको भारत भ्रमणबाट सम्बन्ध सुमधुर हुने अपेक्षा

४ साउन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भदौ अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । ओली प्रधानमन्त्री बनेको एक वर्षपछि भारतले औपचारिकरूपमा रातो कार्पेट बिछ्याउन लागेको हो । 

प्रधानमन्त्री ओली दुई दिने भारत भ्रमणको लागि आगामी सेप्टेम्बर १६ मा दिल्ली जाने तय भएको छ । ओली प्रधानमन्त्री भएयता दुई देशका प्रधानमन्त्रीबीच न्यूयोर्क र बैंककमा साइडलाइन भेटवार्ता भए पनि दुवै प्रधानमन्त्रीले एक अर्का देशको भ्रमण गरेका छैनन् । नेपाली कांग्रेससँगको गठबन्धनमा प्रधानमन्त्री बनेदेखि नै नेकपा एमालेको अध्यक्ष समेत रहेका ओली भारतको औपारिक भ्रमण गर्ने रुचि देखाएका थिए । तर भारतबाट निमन्णा नआउँदा भ्रमणको टुंगो लागेको थिएन  ।  भारतीय समकक्षी नरेन्द्र मोदीले दुई दिने भ्रमणका लागि निमन्त्रणा पठाएपछि प्रधानमन्त्री ओलीलाई दिल्ली जाने बाटो ख्लेको हो ।  । भारतीय समकक्षी मोदीको निमन्त्रणा लगत्तै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी थालेको जनाएको छ । त्यस अगाडि सचिवस्तरीय बैठक गर्ने तयारी समेत भइरहेको छ । 

करिब ९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय संयन्त्रको बैठक बस्न लागेको हो । गृहसचिवस्तरीय बैठक यही ६ र ७ साउन (जुलाई २२ र २३) मा भारतको राजधानी नयाँदिल्लीमा बैठक बस्न लागेको हो । गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको नेपाली टोली सोमबार दिल्ली प्रस्थान गर्ने तयारीमा छन् । गृहसचिवस्तरीय बैठकपछि प्रधानमन्त्री ओलीको भारत भ्रमणको एजेण्डा तयार हुनेछ । यसअघि प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई काठमाडौं भ्रमणका लागि दिएको निमन्त्रणा भारतले स्वीकारेको थिएन । यसपटक भने आगामी नोभेम्बर तेस्रो साता अर्थात् कात्तिक पहिलो साता मोदी नेपाल आउन सक्ने आश्वासन दिएको सरकारी पक्षले जनाएको छ । 

ओली २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा भारतले नेपालमा अघोषित नाका बन्दी लगाइएको थियो । त्यस बेला भारतले भ्रमणको लागि निमन्त्रण दिए पनि प्रधानमन्त्री ओलीले नामा बन्दी नहटाएसम भारत नजाने अडान लिएका थिए । भारतले नाका हटाएपछि मात्र भारत भ्रमण गरेका थिए । त्यसबेलाको ओलीको भ्रमणले नाकाबन्दीको बिग्रन लागेको नेपाल–भारत सम्बन्ध सुदृढ बनाएको थियो ।  २०७४ सालमा ओली पुन प्रधानमन्त्री भएपछि नेपालले कालापानी, पिलुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गरेपछि भारतसँग सम्बन्ध फेरि चिसिएको छ । यस पटकको भ्रमणबाट भारतसँग सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको छ ।