sevenstartv.com ६ मंसिर २०८२, शनिवार

पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

३ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । रौतहटको चन्द्रनिगाहपुर-गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका-८ जिगडियाचोकमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुक्रबार साँझ गरुडाबाट चपुरतर्फ आउँदै गरेको बीआर ३० यू ४४१४ नम्बरको मोटरसाइकल चालक माधवनारायण नगरपालिका-२ का ४० वर्षीय दीनानाथ साहको मृत्यु भएको हो । साहको उपचारका क्रममा बेटर नेपाल अस्पतालमा मृत्यु भएको जनाइएको छ । 

मोटरसाइकलको पछाडि सवार गरुडा-८ का २५ वर्षीय शम्भु साहको दाहिने खुट्टा र बायाँ हातमा चोट लागेको छ । उनको गरुडास्थित अनामिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप भ्यानका चालक फरार छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्