sevenstartv.com १२ असार २०८३, शुक्रवार

एमालेको पोलिटब्यूरो बैठक आज पनि बस्दै

३ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । पार्टी कार्यालय च्यासलमा बैठक बिहान ११ बजेबाट शुुरु हुनेछ । शुक्रबार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले धारणा राखेका हुन् । आज अन्य सदस्यहरुले आ आफ्नो धारणा राख्नेछन् । बाँकी सदस्यहरुले बोल्ने क्रम सकिए शनिबार नै बैठक सम्पन्न हुने जनाइएकाे छ । 

शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम र विधानका बारेमा बालेका थिए । अध्यक्ष ओलीले देशको राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउने कुरा गम्भीर भएकाले उचित समयमा निर्णय लिने बैठकलाई जानकारी गराएका थिए ।