इलाममा एक जनाको हत्या, एक गम्भीर
काठमाडौं । इलामको सूर्योदय नगरपालिका-१ मा गएराति एक जनाको हत्या भएको छ ।
माइजोगमाई गाउँपालिका-२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको हो । ३२ वर्षीय दाजु निरोज चापागाईंसँगै ससुराली घर गएका प्रकाशको सूर्योदय- १, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग झगडा परेको थियो ।
काजी तामाङको घरमा भएको झगडाका क्रममा धारिलो हतियार प्रकाशमाथि प्रहार हुँदा प्रकाशको घटनास्थलमै मृत्युु भएको जनाइएको छ । दाजुु निरोजको पेटमा पनि धारिलो हतियारबाट गहिरो चोट लागेको र गभ्मीर अवस्थामा रहेका निरोजलाई उपचारका लागि फिक्कल पठाइएको प्रहरीले जनाएको छ ।
घटना पछि शेर्पालाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

.gif)