sevenstartv.com १२ असार २०८३, शुक्रवार

एमाले सचिवालय बैठक बस्दै

१ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ  । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरूमा व्यापक छलफल र निर्णयहरू हुनेछन् । बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाकाहरू प्रस्तुत गर्ने छन् । पौडेल  विधान संशोधन समितिको संयोजक हुन् ।

यस्तै, अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने जनाइएको छ । 

सचिवालय बैठकले साउन २ गते बस्ने पार्टी पोलिटब्युरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको कार्यसूची पनि तय गर्नेछ । यसैगरी बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा गरिने छ ।