नवनियुक्त मन्त्री न्यौपानेद्वारा शपथ ग्रहण
काठमाडौँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
नवनियुक्त मन्त्री न्यौपानेलाई लेराष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको शपथ गराउनु भएको हो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, सुरक्षा निकायमा प्रमुख, संवैधानिक निकाय प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्ता लगायत सरिक हुनुहुन्थ्यो।
उहाँ यसअघि नेकपा एमालेका तर्फबाट राष्ट्रियसभामा सचेतकको भूमिकामा हुनुहुन्थ्यो। एमालेको केन्द्रीय सदस्य समेत रहनुभएकी नवनियुक्त मन्त्री न्यौपानेले आजै सिंहदरबार पुगेर पद बहाली गर्नुभएको छ ।
