sevenstartv.com १२ असार २०८३, शुक्रवार

भूमि विधेयक छिट्टै पारित हुन्छ : सभामुख

३२ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं ।  सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन अवस्थामा रहेको भूमिसम्बन्धी विधेयक छिट्टै पारित हुने बताउनुभएको छ । 

सभामुख घिमिरेले बुधबार झापाको अर्जुनधारा नगरपालिकामा अव्यवस्थित बसोवासीहरूलाई धनीपूर्जा वितरण गर्दै विधेयक पारित भएपछि भूमिहीनहरू जग्गाको मालिक बन्ने धारणा व्यक्त गर्नुभयो ।  सत्तारुढ दल नेपाली कांग्रेसले विधेयकमा रहेका कतिपय प्रावधान सार्वजनिक जग्गा मास्ने हिसाबले आएकाले त्यसलाई रोक्दै आएको छ । 

सभामुखले अघिल्लो साता विधेयक सदनबाट सिधै पारित गर्ने कार्यसूची तय गरे पनि कांग्रेसको असहमतिका कारण रोकिएको हो । प्रधानमन्ज्त्री केपी शर्माले विधेयक पारित गराउन कांग्रेस सभापति शेरबहादुर देउवालाई बारम्बार आग्रह गर्दै आउनुभएको छ । तर सभापति देउवा विधेयकमा रहेका केही बुँदामा असहमत हुँदा संसदबाट पारित हुन ढिलाई भएको हो । 

सभामुख घिमिलेले अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का ९६ जना अव्यवस्थित बसोवासीलाई जग्गा धनीपूर्जा वितरण गर्नुभएको छ ।