sevenstartv.com १२ असार २०८३, शुक्रवार

सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढ्यो : सांसद गिरी

३१ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढेको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा गिरीले देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याएपछि सुशासनको पक्षमा राजनीतिक दलहरूले अपेक्षित काम गर्न नसकेको बताएका हुन् । 

उनले राजनीतिक दलहरुले मुलुकमा सुशासन कायम गर्ने सवालमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै सिंगो संसदले समिक्षा गर्नुपर्ने बेला भएको बताए ।उनले सशुासन कायम गर्न नसकेकै कारण मुलुकमा भएका परिवर्तनहरूलाई जनताले चुनौति दिन थालेकोतर्फ सचेत गराए ।