स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी रहेको बताएका छन् ।
काठमाडौंमा त्रिवि शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमाको सम्बन्धमा केही थपघट गर्न जरुरी रहेको बताए ।
उनले सरकारले यसबारेमा सोचिरहेको बताउनु भयो । स्वास्थ्य बीमामा कतिपय ठाउँहरुमा छलछाम हुने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् । जनताको सेवा कसरी वृद्धि गर्ने भन्नेमा सरकार लागि परेको बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा पुनःविचार गर्नुपर्ने अवस्था रहेको पनि बताए ।
