sevenstartv.com १२ असार २०८३, शुक्रवार

सरकारले संसदलाई विचौलियाको खेल मैदान बनाउँदै कुशासनको पहाड ठड्यायो : अध्यक्ष दाहाल

३० असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला दलहरू मिलेर बनेको सरकारले संसदलाई विचौलियाको खेलमैदान बनाएको आरोप लगाएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् । संसदलाई बिचौलियाको खेलमैदान बनाइनु देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको उनको टिप्पणी छ ।

उनले वर्तमान सुशासनको डरले बनेको सरकार भएको बताए । वर्तमान सरकारले संख्याको दम्भमा कुशासनका पहाड ठड्याएको आरोप लगाउँदै सरकार बिचौलियाको पक्षमा छ भन्ने कुरा आम नागरिक र सत्तारुढ दलकै नेताहरुको भाषा बन्न पुगेको उनको टिप्पणी छ ।