sevenstartv.com १२ असार २०८३, शुक्रवार

नेविसंघको प्रदर्शन, १० जना पक्राउ

३० असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि नेविसंघका १० जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।