गोली प्रहार गरी किशोरीको हत्या
काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका-६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ ।
हरिनगर गाउँपालिका-६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको प्रहरीले ताएको छ ।
आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत(१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको छ ।
गोली प्रहारको कारण खुलि सकेको छैन् ।

.gif)