sevenstartv.com १२ असार २०८३, शुक्रवार

एमालेविरुद्ध पार्टीभित्रै र बाहिरबाट षड्यन्त्र : प्रधानमन्त्री ओली

२९ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेविरुद्ध पार्टीभित्रै र बाहिरबाट षड्यन्त्र भइरहेको बताउनुभएको छ । 

एमालेका अध्यक्ष समेत रहनुभएका ओलीले आइतबार दमकमा पार्टीको झापा जिल्ला  स्तरीय कार्यकर्ता भेलालाई यस्तो बताउनुभएको हो । एमाले अध्यक्ष  विभिन्न जिम्मेवारीमा लामो समय बसेर  र लाभको अवसर लिएका स्वार्थी नेताहरूले विगतमा विभाजन र पार्टी सिद्धयाउने षड्यन्त्र गरेको आरोप समेत लगाउनुभएको छ । 

पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किएको घोषणा गरिसकेको अवस्थामा प्रधानमन्त्री समेत रहनु भएका ओलीले आफूबिनाको एमाले देख्न नचाहने प्रतिक्रियावादीले खेल्न थालेको बताउनु भएको छ । ओलीले पार्टीभित्रै र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ सही नीति र नेतृत्वको पक्षमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको छ ।