'मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन्'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा जोडिएको अडिओ प्रकरणबारे छानबिन हुनुपर्ने माग गरेकी छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले मन्त्री गुप्ता जोडिएको अडिओ प्रकरणको छानबिन हुनुपर्ने माग गरेकी हुन् । उनले दुई दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले घुस डिल गरिरहेको अडिओ बाहिरिएको अवस्थामा सरकार चुप बस्न नसक्ने बाइन् ।
श्रेष्ठले मालपोत कार्यालयको प्रमुख पठाउनेदेखि भूमि आयोगका जिल्ला अध्यक्ष नियुक्तिमा पनि घुसको सेटिङ चलिरहेको बताइन् । गुप्ताले घुस डिल गरिरहेको उक्त अडिओमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रकम लिइसकेकाले अब उनले काम नगर्ने भनिएको छ ।
‘उक्त अडिओमा सम्बन्धित ठाउँ भनेको कसको कुन ठाउँ हो ?’, उनले भनेकी छन्, ‘अडिओमा भनिएका ‘बा’ भनेका के हुन् ?’
