sevenstartv.com १२ असार २०८३, शुक्रवार

रामपुरका ३८९ योजना सम्पन्न

२८ असार २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना सम्पन्न गरेको छ । 

चालु आर्थिक वर्षमा नगरपालिकाको ४०३ वटा योजना रहेकामध्ये ३८९ वटा योजना सम्पन्न भएको हो । नौवटा सम्झौता नभएको र पाँचवटा सम्झौता भए पनि काम नभएको बताइएको छ । 

ठेक्का प्रक्रिया र उपभोक्तामार्फत हुने योजना समयमै सुरू भई सम्पन्न भएका कारण यस वर्ष योजनाका काम छिटो सम्पन्न भएका हुन् । नगरपालिकाभित्र सञ्चालन हुने योजनाको अनुगमन र ताकेताका कारण पनि धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

नगरवासीको सेवा सहजताका लागि घुम्ती शिविरमार्फत योजना सम्झौता, खाता खोल्ने र भुक्तानीको व्यवस्था गरेको र वडावडामै प्राविधिक कर्मचारीको व्यवस्था गरेका कारण धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको बताइएको छ । 

योजना कार्यान्वयनका लागि सहजीकरण गरेका कारण पनि ठेक्कामार्फत भएका योजना सहज रूपमा समयमै सम्पन्न भएका छन् । ९