जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको हो : मन्त्री खड्का
काठमाडौंं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको जलस्रोतलाई दिगो रुपमा उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक निर्माण गरिएको बताएका छन् ।
शुक्रबारको राष्ट्रियसभाको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन् । सरकारले विधेयकमार्फत जलस्रोतको उपयोग र व्यवस्थापनमा स्पष्ट दिशा दिन खोजेको बताए ।
उनले खानेपानी, सिंचाई तथा जलविद्युतजस्ता क्षेत्रमा दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै सरकार त्यसैअनुसार विधेयक अगाडि बढाउन प्रतिबद्ध रहेको समेत बताएका छन् ।
