युवाहरूलाई २० वर्ष पुगेलगत्तै विवाह गर्न प्रधानमन्त्री ओलीकाे आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या घट्दो क्रममा रहेको भन्दै युवाहरूलाई २० वर्ष पुगेलगत्तै विवाह गर्न आग्रह गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको जनसंख्या नीति सार्वजनिक कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ओलीले ३० वर्ष पुग्दा तीन वटा बच्चा पाउन पनि सुझाव दिएका हुन् ।
अहिलेको समयमा काममा व्यस्त बाबुआमाले पनि बच्चाबच्ची हेरविचारको चिन्ता गर्नुपर्ने अवस्था नभएकाले सन्तान उत्पादनको कुरालाई हावामा नउडाउन आग्रह गरे । उनले विकासले जनसंख्या घटाइरहेको भन्दै यो चिन्ताको विषय भएको बताए ।
