चितवनमा एक बालकको शव फेला
काठमाडौं । चितवनको रत्ननगर नगरपालिका वडा नं. ७ मा एक बालकको शव फेला परेको छ । आज बिहान करिब सवा पाँच बजे पडेरिया पुलबाट करिब २ किलोमिटर पर चित्रसारीतर्फ बाँसघारी नजिक शव फेला परेको हो ।
उक्त शव बूढीराप्ती नदीमा बेपत्ता भएका १५ वर्षीय बालक अनमोल लम्सालको भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
रत्ननगर नगरपालिका १५, माधवपुर निवासी लम्साल बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका थिए ।
