sevenstartv.com १२ असार २०८३, शुक्रवार

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ ।  बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्नेछ । बैठकमा महिला तथा सामाजिक समितिका सभापति किरण कुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आ.व.२०८०/०८१)’ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी ९पहिलो संशोधन० विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावका साथै उक्त विधेयक प्रस्तुत गर्ने छन् ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने छ । मन्त्री अधिकारीले बैठकमा सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव राख्ने छन् ।

सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी पहिलो संशोधन विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।